यसैले कार्यशैलिमा सुधार गरौ सरकार : हस्त पण्डित
कपन अनलाइन
सिन्धुपाल्चोक ,फागुन १०।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हस्त पण्डितले कार्यशैलिमा सुधारका लागि सरकार संग आग्रह गरेका छन। तत्कालिन नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रहिसकेका पण्डितले मेलम्ची मुहानमा दोस्रो पटक काठमाडौं पानी पठाउनका लागि आयोजना गरिएको कार्यक्रममा देखिएको दृश्य वर्णन गर्दै कार्यशैली सुधारका लागि अनुरोध गरेका हुन।
नेपालमा लामो समय देखि देखिदै आएको उद्घाटन,शिलान्यास र पारिक्षण जस्ता कार्यक्रममा हुने सहभागीको शंख्याका कारण अनावस्यक सरकारी खर्च बढेको तर्फ संकेत गर्दै पण्डितले यस्तो कार्य सामान्य कर्मचारिले गर्नु र तामझामकासाथ गर्नुमा कुनै तात्विक भिन्नता नरहेको बताएका छन।
मेलम्चीको मुहान बाट २६० लिटर प्रती सेकेण्डका दरले पानी सुरुङ काठमाडौं पठाउनका लागि काठमाडौं बाट आएको मन्त्रीहरुको लस्कर र सहभागीहरुको उदाहरण दिदै उनले यस्ता प्रचलन र प्रणाली परिवर्तन गर्न सरकारलाई संग आग्रह गरेका छन।
पण्डितले सामाजिक संजालमा राखेको सामाग्री :
आजको दिन मेलम्ची नदिको मुहानमा बिताइयो । लामो प्रतीक्षापछि मेलम्चिको पानी काठमाडौ जादैछ । पहिलो पटकको असफल प्रयासपछी आज दोश्रो पटक २६० लिटर प्रती सेकेण्डका दरले पानी सुरुङमा हालियो । यस कामका लागि काठमाडौबाट खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, शहरी बिकास राज्यमन्त्री राम वीर मानन्धरसहित दुई दर्जन गाडिमा १०० भन्दा बढी सरकारी तथा निजि क्षत्रका कर्मचारिहरुको सहभागिता थियो । ती मानिसहरुको यातायात, खाना खाजा र तलब भत्ता हिसाब गर्ने हो भने आज २० लाख भन्दा बढी खर्च भएको अनुमान गर्न सकिन्छ । यो काम कुनै सामान्य कर्मचारिले गर्नु र यो तामझामकासाथ गर्नुमा कुनै तात्विक भिन्नता हुने थिएन । सकेसम्म कम खर्च, कम समय र कम लगानिमा सम्पन्न गर्न सकिन्छ भने किन ठूलो खर्च गर्ने । हामी त्यसै पछाडी परेको होइन, हाम्रो system नै बिकासबिरोधी छ । यसैले कार्यशैलिमा सुधार गरौ सरकार।
तपाइँको प्रतिक्रिया ।