गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, फागुन ९। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं पन्चशिल र सुन्ताखान युथ क्लबको आयोजना तथा स्वतन्त्र टोल सुधार समिति ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ , हात्तीपाईले महिला समूह, मल्लागिरी युवा क्लब ,ब्लड डोनर एसोसिएसन नेपाल
,
गोकर्णेश्वर नगरपालिका स्वयं सेवक समिति , गोकर्णेश्वर युवा तथा खेलकुद समिति र कान्ति भैरब हेल्थ केयर प्रालिको सह आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा कार्यालयमा शनिबार बिहान १० बजे देखि २ बजे सम्म सुरक्षित तवर बाट संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष लायन जयराम बिष्टले जानकारी गराए।
उनले सो कार्यक्रममा रक्तदान गर्न इच्छुक धेरै भए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा रक्तदान गर्ननसकेको जानकारी गराउदै उक्त कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी, वडा सदस्य लक्ष्मी भण्डारी , लायन्स लिडरहरु ,आयोजक समितिका पदाधिकारीहरु सहित स्थानीय रक्तदाताहरुको उपस्थिति रहेको थियो ।रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।