चार मुक्तकहरु : गंगा लिगल

चार मुक्तकहरु : गंगा लिगल

कपन अनलाइन

काठमाडौं ,फागुन ८ ।

दुःख सुख सबैलाई बाडेर हेर त
सबैले काँधमाकाँध जोडेर हेर त
अत्यन्तआनन्दित हुन्छ सबैको मन
अर्कोखुशी, हातमा हात माडेर हेर त ।

सुखै सुख पाएर नहास मान्छे
सबैमा एउटै नातागाँस मान्छे
एउटै सृष्टिका त मान्छे हौ हामी
सृष्टिको रीतलाई नमास मान्छे ।

दुःखीको क्रन्दनमा चुक नथपिदेउ
उसको रोदनमा थुक नथोपि देउ
सुख दुःख सबैलाई अपहार्य नै छ
दुःखद् अवस्थामाहुप नघोपिदेउ ।

मानवमा मानवताको सुवास चाहिन्छ
जसमा देश बनाउने उपबास चाहिन्छ
धर्तीमा चाहिन्छ अति स्वस्थ बीजारोपण
जसमा धर्तीप्रती प्रीति र निवास चाहिन्छ ।

सहकार्य :कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।