परदेशिएको राम : सूर्यप्रसाद लाकोजू (कविता )
कपन अनलाइन
काठमाडौं ,फागुन ८ ।
म सँग सबथोक छ
न्यानो घाम छ
भौतिक सुखको आराम छ
आफू बसेको सुन्दर गाम छ
साथमानभएपनि
मनमा मेरो आफ्नै रामछ ।
सधैभरि म रातमा
सपनाकाअनन्तआकासमा
तारा चम्काउँछु
तिरमिर तिरमिर चम्केकाताराभरि
तिमी सूर्यमुखीफूलजस्तै
हाँसेको देख्छु
त्यस्ताकुनै रात छैनन्
त्यस्ता सपनाकाकुनै आयाम छैनन्
जहाँतिमी सयपत्रीझैं
फुलेको नहोस्
पुस, माघको आकासजस्तै
खुलेको नहोस् ।
मेरा स्मृतिका खेतका गराहरूमा
लहलहधानकाबालासरि
झुलेका छौ तिमी
म सोच्छु
सायद मङ्सिरको याम आएछ
हिलो, मैलो, धुलो हटेर
प्रमोदको उज्यालो झुल्किसक्यो
हो
म तिमीसँग
मङ्सिरको उत्सवमनाउनआतुर छु
तर कहिले होलातिमीआउने
मङ्सिर बनेर ?
म तिमीलाई पर्खेर बस्नेछु
मनको फूलबारीमा
धीरताको फूलफुलाएर
मेरो परदेशिएको राम
तिमी फर्कने विश्वास
मेरो पहाड हो
त्यसलाई म कसरी झुक्नदिन सक्छु ?
सहकार्य :क्पान बानेश्वर साहित्यिक साप्ताहिक