बुढानिलकण्ठ -८ को सार्वजनिक भवन र जग्गा एक संस्थालाई दिएको भन्दै नेपाली कांग्रेसको ज्ञापनपत्र
कपन अनलाइन
ओखलढुंगा ,फागुन ७ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको सार्बजनिक भवन र जग्गा एक संस्थालाई नियम बिपरित दिएको भन्दै नेपाली कांग्रेस बुढानिलकण्ठले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ।
नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति गणेश कोइरालाको नेतृत्वमा गएको टोलीले नगरप्रमुख उद्धवप्रसाद खरेललाई ज्ञापन पत्र बुझाएकाे हो। सो अवसरमा नेपाली कांग्रेस बुढानिलकण्ठ नगरका सभापति गणेश प्रसाद कोईरालाले ज्ञापन पत्र बाचन गरेर नगर प्रमुखलाई बुझाएका थिए ।
बुढानिलकण्ठ नगरपालिकाले वडा नं ८ काे फुस्रे पाखाकाे पाँच राेपनी जमिन र त्यहाँकाे भवन नियम बिपरित एक संस्थालाई सम्झौता गरि स्थानीय सरकारले दिए पश्चात नेपाली कांग्रेस बुढानिलकण्ठ नगरले बिरोध जनाएको हो।
स्थानीय समुदायलाई बेवास्ता गर्दै भवनको जग बसाल्ने महिला संजाललाई पाखा लगाउदै स्थानीय तहले बल र बहुमतको आधारमा सार्बजनिक सम्पति संस्थालाई वितरण गर्नु नहुने भन्दै नेपाली काँग्रेसले नगर प्रमुख खरेल, उपप्रमुख रमा राई तथा कार्यकारी अधिकृत बैकुण्ठ सापकाेटालाइ भेटी साे भवन तथा जग्गा लिजमा दिने तत्काल निर्णय सच्याउन आग्रह गरेकाे थियो ।
उक्त अवसरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।