शंकर बहादुर कार्की सहित ओखलढुंगाका तिन जना एकता रास्ट्रिय अभियानमा
कपन अनलाइन
काठमाडौं ,फागुन २।
नेकपा उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा शुरु भएको एकता रास्ट्रिय अभियानमा शंकर बहादुर कार्की सहित ओखलढुंगाका तिन जना केन्द्रीय सदस्य बनेका छन। ओखलढुंगा जिल्लाको बामपन्थी आन्दोलनमा करिव ४ दशक देखि सक्रिय रहेका कार्की संगै थलु राजभण्डारी र सहदेव गिरि उक्त अभियानमा सक्रिय भएका हुन।
अधिकृत स्तरको स्थायी जागिर छोडेर २०४९ शालको स्थानीय निकायको निर्वाचनमा साविक फुलवारी गाविसको अध्यक्ष बनेका कार्की तत्कालिन नेकपा एमालेको केन्द्रीय लेखा आयोगका सदस्य रहेका थिए।
चम्पादेवी गाउँपालिका वडा नं ७ का कार्की ओखलढुंगा जिल्लामा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न कमिटीमा लामो समय सम्म सक्रिय रहेका थिए।
नेपालको कम्युनिस्ट आन्दोलन विभाजन हुँदा धेरै राजनीतिक र सामाजिक उपलव्धि खतरामा पर्ने देखिएकोले एकता रास्ट्रिय अभियानको आवस्यकता परेको भन्दै कार्कीले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई अभियानमा सामेल हुनका लागि आग्रह गरेका छन।