प्रतिबन्धित भालुको पित्तसहित बुढानिलकण्ठबाट एक जना पक्राउ
कपन अनलाइन
काठमाडौँ, फागुन ३। बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पित्तसहित फेला पारी पक्राउ गरेको हो । बरामद भालुको पित्त प्रतिग्राम रु २५ हजारका दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।