मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेस स्तरीय संजाल गठन

कपन अनलाइन

काठमाडौं ,फागुन १।

मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेस स्तरीय संजाल गठन भएको छ। काठमाडौं बानेश्वरको सिद्दार्थ फुड ल्याण्डमा आयोजना गरिएको मानव बेचबिखन प्रभावितहरुको भेलाले कुलमाया छुमी अध्यक्ष र शान्ति लामा सचिव रहेको प्रदेस स्तरीय संजाल गठन गरेको हो।

उक्त संजाल गठन तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन शत्रको प्रमुख अतिथि भर्खरै रास्ट्रिय मानव अधिकार आयोगमा सदस्य बनेकी महिला अधिकारकर्मी लिली थापा रहेकी थिइन्।

त्यस्तै  करिव ४ दशक देखि मानव बेचबिखन र प्रभावितहरुको क्षेत्रमा सक्रिय रहदै आएकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाको समापन कार्यक्रममा मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांग ,अभिमुखीकरण कार्यक्रमकी श्रोत व्यक्ति सिर्जना काफ्ले ,शक्ति समुहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामी  लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले शक्ति समुह र संजालले आगामी दिनमा बेच बिखनमा परेका र प्रभावितहरुका लागि एक रास्ट्रिय नीति तयार गर्न वकातल र दवाव दिनुपर्ने बताउदै यसका लागि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेकी थिइन्।

हाल सम्म सुदुर पश्चिम ,बागमती र लुम्बिनी प्रदेस स्तरीय संजाल गठन गरेको मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालले आगामी दिनमा अन्य प्रदेस मा पनि संजाल गठनको तयारी गरिएको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांगले जानकारी दिएकी छन।

पर्पल फाउन्डेसन (Purple Foundation ) को ऐकेवदत्तामा भएको संजाल गठन तथा अभिमुखीकरण कार्यक्रममा प्रदेस स्तरीय संजाल गठन र परिचालन मार्फत मानव बेच बिखनको सवाललाई रास्ट्रिय मुद्दाको रुपमा उठान गर्ने जानकारी दिइएको थियो।

रास्ट्रिय मानव अधिकार आयोगको मानव बेच बिखन सम्बन्धि रास्ट्रिय प्रतिवेदनमा सन् २०१९ मा लगभग १.५ लाख ब्यक्तिहरु जोखिममा रहेको जानकारी दिइएको थियो।

तपाइँको प्रतिक्रिया ।