कागेश्वरी मनोहरा नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि यन्त्रका लागि प्रस्ताब

कागेश्वरी मनोहरा नगरपालिकाको  ५० प्रतिशत अनुदानमा कृषि यन्त्रका लागि प्रस्ताब

कपन अनलाइन

काठमाडौं, माघ २६।  कागेश्वरी मनोहरा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्रका लागि प्रस्ताब आवहान गरिएको बारे सार्वजनीक सुचना जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञवाली द्वारा जारी गरेको उक्त सुचनामा  कागेश्वरी मनोहरा नगरपालिकाको आ. व २०७७/७८ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण कार्यक्रम संचालनको लागि तपशिल बमोजिम सामग्रीको लागि न्यूनतम आधार पुगेका इच्छुक कृषक समुह/कृषि सहकारी/ कृषि फार्म कम्पनिहरुले निम्न कागजात सहित सो सुचना प्रकाशन गरेको मितिले २१ दिन भित्र अर्थात् २०७७ फागुन १० गते भित्र  कागेश्वरी मनोहरा  नगरपालिकाको कार्यालयमा आवेदन गर्न सम्बन्धित सबैमा सार्वजनिक सुचना मार्फत जानकारी गराइएको उल्लेख गरिएको छ। साथै रित नपुगी वा म्याद नाघी प्राप्त हुन आएका नेबेदन छनौटका लागि समाबेश नहुने समेत जानकारी गराइएको छ ।

१ पावर टिलर हिले चक्कासहित

२ मिनी टिलर

३ धान काट्ने मेशिन

४ धान चुट्ने थ्रेसर

 आवश्यक कागजात

१ सम्बन्धित वडा कार्यालयको सिफारिश

२ कृषि फार्म/ समूह,/ कृषि सहकारी/ कृषि कम्पनिहरुको प्रमाण पत्र साथै निर्णय प्रतिलिपि हकमा निर्णयको प्रतिलिपि

३ लालपुर्जाको प्रतिलिपि वा जग्गा भाडामा भए करार सम्झौताको प्रतिलिपि

४ प्यान तथा कर चुक्ता प्रमाणको प्रतिलिपि

५ नबिकरण प्रमाणपत्रको प्रतिलिपि

६ कम्तिमा ५ रोपनी भन्दा बढी क्षेत्रफलमा खेति गरिएको हुनू पर्ने

७ लालपुर्जा  प्रतिलिपि

८ सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि

९  निबेदनमा रु १० को टिकट

कैफियत

कृषि समूह/  कृषि सहकारी को हकमा लालपुर्जा समाबेश हुनु नपर्ने दर्ता भएको कम्तिमा ६ महिना समयावधि हुनुपर्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।