आमहड्तालले दाङको जनजिबन प्रभावित

आमहड्तालले दाङको जनजिबन प्रभावित

कपन अनलाइन 

दाङ माघ २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालले दाङको जनजिबन प्रभावित बनेको छ । आमहड्तालको प्रभाव दाङ र त्यस आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ । जिल्लाका प्रमुख बजार घोराही, लमही, तुलसीपुर पनि बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन्। दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। आमहड्तालको पूर्वसन्ध्यामा बुधबार बेलुका प्रचण्ड– नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस प्रर्दशन गरेको थियो । उक्त समूहका जिल्लास्थित नेता टीकाराम खड्का, सुबास पुनले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए। दुवै समूह उग्ररुपमा प्रस्तुत भए झडपको सम्भावना रहेकाले पनि यातायात र बजार सञ्चालन गर्न सर्वसाधारण डराएका हुन्। जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन्।

तपाइँको प्रतिक्रिया ।