२ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका साथ स्वेता रक्तदान अभियान २०२१ सुभारम्भ
कपन अनलाइन
काठमाडौं, माघ २१। मंगलबारबाट स्वेता रक्तदान अभियान २०२१ को शुभारम्भ भएको छ । सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका साथ शुरु गरिएको स्वेता रक्तदान अभियान २०२१ अर्न्तगत मंगलबार चाबहिल स्थित चारुमती विहारमा रक्तदान कार्यक्रमको आयोजना गरी शुभारम्भ भएको छ । अभियानकर्ता स्वेता श्रेष्ठको आयोजनामा अभियान शुरु भएको हो । अभियान २०२१ को शुभारम्भ कार्यक्रमलाइ नेपाल रेडक्रस सोर्साईटी चावहिल, पशुपति, बौद्ध उपशाखा र स्वास्थ्यकर्मी समेतको सहयोगमा रहेको थियो । मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ बागमति प्रदेश सभाका नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, बागमति प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संयुक्त रुपमा रक्तदानको लागि आवश्यक सामग्री हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा बागमति प्रदेश सभाका नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, बागमति प्रदेश सभा सदस्य नरोत्तमबैद्य , काठमाडौं महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी , कमला बयलकोटी, काठमाडौं महानगरपालिका वडा नं ७ कावडा अध्यक्ष शुद्धकुमार डंगोल लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि सहित् स्थानीयको उपस्थिती रहेको थियो ।
शुभारम्भको दिनमा १९ पिन्ट रगत संकलन भएको अभियानकर्मी स्वेता श्रेष्ठले जानकारी गरिएकी छिन । विश्वव्यापि कोरोना महामारी संगै नेपालमा पनि रगतको अभाव देखिएकोले सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्य लिएर आफूले अभियान शुरु गरेको बताईन् ।कार्यक्रममा संक्षित भनाइ राख्दै बागमति प्रदेश सभाका नेपाली कांग्रेसका संसदीय दलका सचेतक छिरिङ दोर्जे लामा ले रक्तदान गर्नुपर्छ भन्ने चेतना फैलाउन पनि कार्यक्रमले सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य संस्थाहरूमा हुने रगत अभाव घटाउन खाले रक्तदान कार्यक्रमले मद्दत पुर्याउने पनि उनले बताए । उनले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।