गोकर्णेश्वर नगरपालिका ३ गाम्चामा स्वास्थ्य सेवा सुभारम्भ
कपन अनलाइन
काठमाडौं, माघ २० । सामुदायिक विकास समाज गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चा द्वारा संचालित स्वास्थ्य सेवा सुभारम्भ भएको छ ।गोकर्णेश्वर नगरपालिकाको सहयोगमा स्वास्थ्य सेवा सुभारम्भ गरिएको हो। दैनिक बिहान १०:३० देखि अपरान्ह ३ बजे सम्म संचालन हुने उक्त कार्यक्रमको आज एक कार्यक्रमका बीच नगर प्रमुख सन्तोष चालिसेले सुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा बालुवा स्वस्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारी, वडा सदस्य लक्ष्मी भण्डारी, समाजसेवी गोकुल बिष्ट, हर्कबहादुर तामाङ, किरण बहादुर बिष्ट , गम्भीरमान श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो।
करिब १५ वर्ष अघि जापानिज संस्थाको सहयोगमा बनेको उक्त स्वास्थ्य भवन कर्मचारीको अभाबमा नियमित सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको थियो। त्यो संगै नगरपालिकाले दुइ जना स्थायी कर्मचारीको व्यवस्थापन गरि आज बाट नियमित स्वास्थ्य सेवा शुभारम्भ गरिएको हो। नागरिकको सर्ब सुलभ स्वास्थ्य सेवा पाउने हक अधिकार अन्तरगत स्वास्थ्य सेवा सुभारम्भ गरिएको नगर प्रमुख सन्तोष चालिसेले कार्यक्रममा जानकारी गराए. । सेवा सुरु भए संगै उपचारको अभाबमा छटपटाईरहेका यस भेगका जनताले स्वास्थ्यमा राहत प्राप्त गर्ने बिश्वास ब्यक्त गरेका थिए ।