भूमि ब्यबस्था तथा समस्या समाधान आयाेग काठमाडौंको अध्यक्षमा रामशरण ढुंगाना

भूमि ब्यबस्था तथा समस्या समाधान आयाेग काठमाडौंको अध्यक्षमा रामशरण ढुंगाना

कपन अनलाइन

काठमाडौं ,माघ २०।

भूमि ब्यबस्था तथा समस्या समाधान आयाेग काठमाडौंको  अध्यक्षमा रामशरण ढुंगाना नियूक्त भएका छन। काठमाडौं जिल्लाको भुमि सम्बन्धि समस्या समाधानको नेतृत्व गर्ने अवसर पाएका ढुंगाना काठमाडौं जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनमा लामो समय देखि सक्रिय रहदै आएका छन ।

काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३  का स्थायी बासिन्दा ढुंगाना संगै सो आयोगको सदस्यमा सत्य नारायण डंगोल र बिज्ञमा मिना रेग्मीलाई नियुक्त गरिएको छ।

सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

 

तपाइँको प्रतिक्रिया ।