Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/shalinadi-dhap-19-gate.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शालीनदिमा दाताहरु बढ्दै ५ दिनमै करीब १३ लाख सहयोग संकलन

कपन अनलाइन 

काठमाडौं माघ २० यही माघ १५ गतदेखि सुरु भएको माधवनारायण स्वस्थानी व्रत तथा माघ मेलामा ५ दिनमा १२ लाख ७४ हजार ७ सय २ रुपैयाँ सहयोग संकलन भएको छ ।जस अनुसार माघ १५ गते ८२ हजार १ सय ९२, माघ १६ गते ८ लाख ८५ हजार १ सय ४१, माघ १७ गते १ लाख ७९ हजार ५ सय ८०, माघ १८ गते ३१ हजार ७ सय १९ र ९६ हजार ७० रुपैयाँ संकलन भएको समितिले शालिनदी परिसरमा राखिएको सूचनापार्टीमा  उल्लेख गरिएको छ  ।समितिले प्रत्येक दिन साँझ माधवनारायण साँखु बजारमा ल्याईसकेपछि सूचना पार्टी उक्त दिनको हरहिसाब गरी संकलित रकम सार्वजनिक  गर्दै आएको छ  ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन देखि  शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना बिहिबार देखि शुरु भएको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । बिहिबार बाट काठमाडौंको  साँखुमा शालीनदीमा स्वस्थानीको मेला सुरु भएको हो  । कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर संचालन गरिएको छ।

यस वर्ष कोभिड -१९को प्रकोपलाई ध्यानमा राखी साँखुको शालिनदीमा व्रतालुहरुको संख्या समेत ५० जनामा सीमित गरिएको छ भने माधवनारायण दर्शनको लागि आउने भक्तजनको स्वास्थ्य सुरक्षाको चासो गर्दै समितिले निशुल्क रुपमा मास्क र स्यानिटाईजर वितरण गर्दै आईरहेको छ ।समितिले मास्क स्यानिटाईजर वितरण गर्नुका साथै भक्तजनहरुलाई भीडभाड नगर्न एवं व्रतालुहरुलाई समेत भक्तजनबाट टाढा राख्ने व्यवस्था गर्दै आईरहेको छ ।शालिनदी किनारमा व्रतालुहरुको सुरक्षालाई ध्यान दिँदै समितिले यस वर्ष माग्नेहरुको लस्करलाई समेत फिर्ता गरेको छ भने टिका प्रसाद लगाईदिने र स्वस्थानी कथा वाचन गर्नेहरुलाई समेत शालिनदी किनारबाट हटाएको छ ।यसले गर्दा शालिनदी किनारमा दर्शनार्थीहरुको भीडभाड हुँदा पनि सहज भएको छ ।

फोटो : लावण्य संदेश

तपाइँको प्रतिक्रिया ।