काठमाडौँ ताहाचल निवासी नानीहेरा महर्जनबाट श्री माधवनारायण  स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई ८ लाख ५० हजार प्रदान

काठमाडौँ ताहाचल निवासी नानीहेरा महर्जनबाट श्री माधवनारायण  स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई ८ लाख ५० हजार प्रदान

कपन अनलाइन 

काठमाडौं माघ २०।कोभिड–१९ का त्रासका बीच सुरु भएको माधवनारायण व्रतमा चन्दा दाताहरुको ओइरो लागेको छ ।पहिलो दिन माघ १५ गते करिब १ लाख संकलन गरेको श्री माधवनारायण व्रत तथा शालिनदी सुधार समितिले दोस्रो दिन काठमाडौँ ताहाचल निवासी दाता नानीहेरा महर्जनबाट श्री माधवनारायण  स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई रु ८ लाख ५० हजार सहयोग गरेकी छिन  । वहाँ र वहाँ का समस्त परिवारलाई भगवान श्री माधव नारायणले सदैब रक्षा गरून् भन्दै समितिले आभार व्यक्त गरेको छ ।यसरी दिनपरदिन शालिनदी परिसरमा दाताहरुको ओइरो लागेको छ ।

करिब ८ वर्ष अगाडि बनेको श्री माधनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको नेतृत्व प्रत्येक दुई वर्षमा फेरिने गर्दछ ।हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन देखि  शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना बिहिबार देखि शुरु भएको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । बिहिबार बाट काठमाडौंको  साँखुमा शालीनदीमा स्वस्थानीको मेला सुरु भएको हो  । कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर संचालन गरिएको छ।

यस वर्ष कोभिड -१९को प्रकोपलाई ध्यानमा राखी साँखुको शालिनदीमा व्रतालुहरुको संख्या समेत ५० जनामा सीमित गरिएको छ भने माधवनारायण दर्शनको लागि आउने भक्तजनको स्वास्थ्य सुरक्षाको चासो गर्दै समितिले निशुल्क रुपमा मास्क र स्यानिटाईजर वितरण गर्दै आईरहेको छ ।समितिले मास्क स्यानिटाईजर वितरण गर्नुका साथै भक्तजनहरुलाई भीडभाड नगर्न एवं व्रतालुहरुलाई समेत भक्तजनबाट टाढा राख्ने व्यवस्था गर्दै आईरहेको छ ।शालिनदी किनारमा व्रतालुहरुको सुरक्षालाई ध्यान दिँदै समितिले यस वर्ष माग्नेहरुको लस्करलाई समेत फिर्ता गरेको छ भने टिका प्रसाद लगाईदिने र स्वस्थानी कथा वाचन गर्नेहरुलाई समेत शालिनदी किनारबाट हटाएको छ ।यसले गर्दा शालिनदी किनारमा दर्शनार्थीहरुको भीडभाड हुँदा पनि सहज भएको छ ।

फोटो : लावण्य संदेश

तपाइँको प्रतिक्रिया ।