माघ २८ गते पन्चेश्वर मन्दिर प्रांगण बुढानिलकण्ठमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर हुने

माघ २८ गते पन्चेश्वर मन्दिर प्रांगण बुढानिलकण्ठमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर हुने

कपन अनलाइन

काठमाडौं माघ २०।  महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसन र बुढानिलकण्ठ नगरपालिकाको सहयोग तथा गृहणी महिला संघ नेपाल ,श्री पन्चेश्वर महिलासमाज र शिवपुरी नव जागृत क्लबको संयोजनमा  माघ २८ गते पन्चेश्वर मन्दिर प्रांगण बुढानिलकण्ठ ३ मा  बिहान १०:३०  बजे देखि २:३० बजे सम्म हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि समाजसेवी एबम  कार्यक्रम संयोजक बालमाया श्रेष्ठले अनुरोध गरेकी छिन  ।

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेको चिकित्सकहरुले बताउदै आएको उनले बताइन । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ । क्यान्सर निको हुन्छ  सुरुमैं उपचार गरेमा भन्ने उद्घोषका साथ शिविरलाई सब्य र भब्य रूपमा सम्पन्न गर्न सहयोग गर्न पनि उनले अनुरोध गरेकी छिन ।

तपाइँको प्रतिक्रिया ।