थानकोट जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न

थानकोट जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न

कपन अनलाइन 

काठमाडौं माघ १९ । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले समाज रुपान्तरणका लागि जेसिजको भूमिका महत्वपूर्ण भएको बताएका छन् । काठमाडौंकाे थानकोट चेकपोस्टमा आयाेजित थानकोट जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले युवाहरुको क्षमता अभिवृद्धिले नै देश विकासमा सहयोग पुर्याउने भन्दै स्थानीय सरकारले पनि युवाहरुसंग सहकार्य गरेर समाज रुपान्तरणमा हातेमालो गर्न चाहेको बताएका हुन् । त्यस्तै चन्द्रागिरि नगरपालिकाका वडा नम्बर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले समाज रुपान्तरण गर्न, कु-संस्कारको विरुद्ध युवाहरुले खबरदारी गर्न आवश्यक रहेको बताए । उनले युवाहरू विकृति र कुसंस्कारका विरूद्ध धारिलाे हतियार बन्नु पर्नेमा जाेड दिए ।

थानकोट जेसिजको संस्थापक अध्यक्ष नन्ददास अमात्यले २१औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा जेसिजले युवाहरुलाई कुशल मार्गदर्शन गर्न सफल भएकोमा जोड दिइएको छ । चन्द्रागिरिका नगर प्रवक्ता हरिभक्त महर्जनले समाज रुपान्तरणको लागि जेसिजले युवालाई गोलबन्द गरेर अघि बढेको, सामाजिक विकासको काममा जेसिजको योग्दान अतुलनीय रहेकोमा धन्यवाद व्यक्त गरे । सन् २०२० का अध्यक्ष मनाेज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल जेसिज सन् २०२१का कार्यकारिणी उपाध्यक्ष सुमन कृष्ण श्रेष्ठ नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष राजेन्द्रराम श्रेष्ठ, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी माेहन खाँण, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजन गाैतम, थानकोट जेसिजकाे मातृशाखा काठमाडौ जेसिज वर्ष २०२१ का अध्यक्ष कैलाश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सन् २०२१ को थानकोट जेसिजमा महिला नेतृत्व थानकोट जेसिज सन् २०२१ को अध्यक्षमा महिला नेतृत्व पाएकाे छ । थानकोट जेसिज वर्ष २०२० का अध्यक्ष मनाेज श्रेष्ठले चेन हस्तान्तरण गर्दै पुर्णिामा थापाकाे अध्यक्षतामा पुन समित चयन गरिएको हाे र उनको कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।

महासचिवमा युवा सञ्चारकर्मी तथा चन्द्रागिरिका लाेकप्रिय व्यक्त राेसन दानीलाई चयन गरेकाे छ । थानकोट जेसिजकाे कोषाध्यक्षमा एलिना महर्जन, कानुनी सल्लाहकारमा विराज शाही सभाबाट मनोनित भएका छन् । त्यस्तै कार्यकारी उपाध्यक्षमा बिपना बस्नेत, सावन महर्जन चुनिएका छन् । उपाध्यक्षमा भुवन गिरी, विशाल शाही, राउल गोपाली, सुजन महर्जन र निर्वतमान अध्यक्ष मनोज श्रेष्ठलाई चयन गरेको छ । सामाजिक व्यक्तित्व र उद्योगीहरूलाई सम्मानित थानकोट जेसिजले जेसिज अभियानमा जाेडिएका १३ जना बिजनेस पर्सनहरूलाई सामाजिक क्षेत्रमा योग्दान पु¥याएकाे भन्दै सम्मान गरिएको छ ।

संचार माध्यमबाट थानकोट जेसिजलाई सहयोग गरेको भन्दै चन्द्रागिरि न्युजडटकमलाई सम्मान गरिएको छ । त्यस्तै जेसिजले चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहा, देवदर्शन साकाेसका अध्यक्ष तथा युवा व्यवसायी रामनारायण घिमिरे, जय श्री आयलका सञ्चालक तथा समाज सेवी ईश्वर लामा,ग्लाेवल आईएमी बैंक थानकोटका ब्रान्च मेनेजर नारायण पुवँर मगर, प्राेफेसनल अटाेमाेवाईलसका निर्देशक बिकास खड्की,चन्द्रागिरि मल्टी प्रपाेज ग्रुपका निर्देशक बिक्रम नकर्मी, फ्रेन्ड सीप कण्ट्रकसनका निर्देशक बिनय खड्की, बगिनी बिल्डर्सका निर्देशक नवीन महर्जन, एसएस मार्वलका प्राेपाईटर सुरेन्द्र सुवेदी,समृद्धि मल्टी प्रपाेज काेअपरेटिभका अध्यक्ष निरज महर्जन,ट्रिम ईन्टरनेश्न प्रालिका अध्यक्ष तथा समाजसेवी सानुकाजी खड्की,सन्जिव भट्टराईलाई सम्मान गरिएको छ ।

यस्तै सन् २०२० मा उत्कृष्ट जेसिजको रुपमा एेलिना महर्जन र सुजन महर्जनलाई चर्कलाल श्रेष्ठ स्मृतिबाट सम्मान गरिएको छ । कार्यक्रम थानकोट जेसिजका भुवन गिरील स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सन् २०१५ का पुर्व अध्यक्ष सलिम श्रेष्ठले धन्यवाद मन्तव्य गरेका थिए भने कार्यक्रम सञ्चालन थानकोट जेसिजका पुर्व अध्यक्ष माेहनलाल डाँगी महासचिव राेसन दानी र थानकोट जेसिजका कार्यकारिणी उपाध्यक्ष विपना बस्नेतले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।