मेलम्ची प्राथमिक अस्पतालमा कोरोना बिरूद्धको खोप लगाउन सुरु
कपन अनलाइन
काठमाडौं ,माघ १८ ।
मेलम्ची प्राथमिक अस्पताल बाट पनि कोरोना बिरूद्धको खोप लगाउन सुरु गरिएको छ । आज मेलम्ची अस्पतालका १० स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।
पहिलो चरणमा सिन्धुपाल्चोकमा एक हजार सात सय ८० खोप आएकोमा मेलम्ची स्वास्थ्य केन्द्रको लागि ५०० खोप आएको छ । एक हजार पाँच सय ८३ लाई खोप लगाईने लक्ष्य राखेको स्वास्थ्य कार्यालयले अहिले जिल्लाको चौतार बाह्रबिसे र मेलम्ची स्वास्थ्य केन्द्रबाट खोप लगाउनु सुरु गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । आज चापागाईले मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद कोइरालालाई ५०० डोज खोप हस्तान्तरण गरेका हुन् ।
पहिलोचरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ स्वयमसेविका, एम्बुलेन्सका चालकलाई यो खोप लगाईने र अन्यलार्य प्राथमिकताका आधारमा लगाइने अधिकृत कोइरालाले जानकारी दिएका छन ।
भारत सरकारले नेपालका लागि पठाएको १० लाख खोपमध्ये सिन्धुपाल्चोकका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने छ । आज मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका रमादेवि न्यौपानेलाई खोप लगाएर मेलम्चीमा खोप कार्यक्रमको सुरुवात गरिएको हो । मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रबाट मेलम्ची,हेलम्बु, पाँचपोखरी र इन्द्रावति गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् ।