आधुनिक दासता बिरुद्ध नेतृत्व बिकास र समूदाय परिचालन सम्बधि तिन दिने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ १८।

बिकास र परिबर्तनको बाहकको रुपमा रहेका युवाहरुको नेतृत्व बिकासबिना सान्ति बिकास र समृद्धि सम्पन्न नहुने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका का युबापरिबर्तनका संबाहकहरुलेबताएका छन । बिगत साढे २ बर्ष अगाडि युकेएड र चाईल्डहोपको सहयोग तथा शक्ति समूहको कार्यान्वयन साथै गाउँपालिकाको समन्वयमा आधुनिक दासता र गरिबिबिरुद्ध सामूदायिक नेतृत्व कार्यक्रम सञ्चालन हुदै आएको छ । आधुनिक दासता बिरुद्ध युवाहरुको नेतृत्व बिकास गर्दै उनिहरुलाई समूहमा परिचालन गरी मानब बेचबिखन ,श्रम शोषण,बाध्यकारि श्रम, जबर्जस्ति वालबिबाह जस्ता विषयमा समुदायमा रहेका स्थानिय समुह, बालक्लब, बिद्यालय,बिद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभाबक संघ,आमा समुह, लगायत सँग समन्वय र सहकार्यगरी ४५ जना युबा परिबर्तनका संबाहकहरुले सो  गाउँपालिकामा स्वयमसेबकको रुपमा तालिम प्राप्त गरि कार्य गर्दै आईरहेका छन  ।
तिनै युवाहरुको अनुभब र सिकाई आदन प्रदान गर्ने उद्देश्यले ३ दिने नेतृत्व बिकास र समुदाय परिचालन सम्बन्धि तालिम २०७७ माघ १३ देखि १५ मा मेलम्ची स्थीत मेलम्ची गेष्टहाउसमा सम्पन्न भएको थियो  ।

बालमैत्रि स्थानिय सासन राट्रिय मञ्चको संयोजक तिलोतम पौडेल, अधिकार कर्मि दीपक प्रसाद बस्याल र शक्ति समुहका कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले सहजिकरण गरेको  तालिममा बालअधिकार , नेतृत्व बिकास, समुदाय परिचालन ,नेपाल सरकारको कार्यक्रमहरु, उजुरि प्रकृया, बालबिबाह न्युनिकरणमा युबाहरुले खेल्ने भुमिका बिषयमा छलफल गरिएको थियो ।
शक्ति समुहले यस क्षेत्रमा आधुनिक दासतालाई न्युनिकरण गर्न शिक्षाका माध्यमबाट रोकथाम, जीबिकोपार्जनका माध्यमबाट रोकथाम, संरक्षण संयन्त्र (युबापरिबर्तनका संबाहक,सेवाग्राहि प्रतिकृया संयन्त्र) का माध्यमबाट साथै प्रभाबितहरुलाई परिवार तथा समुदायमा पुनर्मिलन र नीतिनिर्माणका कार्यमा काम गर्दै आएको छ ।

सो  तालिमले समाजमा रहेका यस्ता समस्यालाई समाधान गर्न सजिलो महसुस भएको साथै थप उर्जा प्राप्त भएको सहभागि स्वयमसेबकहरुले बताएका छन।

सो कार्यक्रम औपचारिक रुपमा सञ्चालन भै प्रमाणपत्र बितरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया ।