कागेश्वरी मनोहरा नगरपालिकामा Antizen प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ १५। कागेश्वरी मनोहरा नगरपालिकाले Antizen प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण सम्पन्न गरेको छ ।हाल विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाममा लागि नेपाल सरकार बाट अति प्रभावित स्थानमा निशुल्क Antizen प्रबिधि मार्फत EDCD टेकुको प्राबिधिक सहयोगमा २०७७ माघ १० गते बिहान ११ बजे देखि ३ बजे सम्म गान्धी स्कुल काँडाघारी वडा नं ९ मा , २०७७ माघ ११ गते बिहान ११ बजे देखि ३ बजे सम्म भदेल चौर वडा नं ६ मा र २०७७ माघ १२ गते बिहान ११ बजे देखि ३ बजे सम्म थली चौर वडा नं ५ मा भएको थियो।
उक्त प्रबिधि मार्फत सबै स्वास्थ्यकर्मी,,महिला स्वास्थ्य स्वयं सेविका, बैंक/वित्तीय संस्थाका कर्मचारी,सवारी साधन चालक /एम्बुलेन्स चालक, कोभिड १९ का लक्षण भएका तथा संक्रमित संग सम्पर्क भएका ब्यक्तिहरु, बिभिन्न व्यवसाय गर्ने ब्यपारीहरुलाइ लक्षित गरिएको थियो ।जसमा माघ १० गान्धी स्कुल काँडा घारीमा गरिएको परिक्षणमा कुल ११२ जना को कोरोना चेकजाच गरिएकोमा १ जनामा कोभिड पोजेटिभ देखिएको, त्यसै गरि माघ ११ गते भदेल चौरमा कागेश्वरि मनोहरा नगरपालिका wada न ६ भैदेबल चौरमा ३९ जना को कोरोना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ ।त्यसै गरि माघ १२ गते थली चौरमा कुल ७७ जनाको कोरोना परिक्षण गरिएकोमा दुइ जनामा पोजेटिभ देखिएको पनि जनाएको छ ।