गोकर्णेश्वर  नगरपालिका वडा नं ९ द्वारा  आयोजित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन 

काठमाडौँ, माघ १५ गोकर्णेश्वर  नगरपालिका  वडा नं ९ द्वारा  आयोजित निशुल्क  स्वास्थ्य शिविर सम्पन्न भएको छ  ।माघ १४  गते गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले स्थानीय व्यक्तिहरूलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविरको आयोजना  गरेको हो ।

वडा अध्यक्ष राजीव थापाको  नेतृत्वमा संचालित सो कार्यक्रममा ३०० भन्दा बढीले सेवा लिएका थिएका थिए  । शिविरमा निशुल्क रगत जाँच, प्रेसर जाँच, सुगर जाँचका  साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता  वडा सदस्य सत्यभामा श्रेष्ठ  गरेकी थिइन भने  प्रमुख अतिथिको रुपमा नगरपालिकाका प्रमुख  प्रशासकीय  अधिकृत  राम  प्रसाद आचार्य रहेका  थिए। कार्यक्रममा  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख  हरि प्रसाद उपाध्याय लगायत महिला स्वास्थ्य स्वयं  सेविका  सहित स्थानीयको उपस्थिति रहेको  थियो   ।वडा कार्यलय मा बिहान ११ बजे देखि दिउसो २ बजे सम्म चलेको सो कार्यक्रमलाइ लायन्स क्लब अफ काठमाडौं सहास , जोरपाटी  स्वास्थ्य चौकी र पद्मानी अप्टिकल एन्ड  आइ क्लिनिकको सहयोग रहेको थियो

तपाइँको प्रतिक्रिया ।