सिन्धुपाल्चोकमा खेलकुद क्षेत्रको बिकासमा हरसंभव प्रयास हुनेछ : मन्त्री दावा तामाङ

कपन अनलाइन

काठमाडौं ,माघ १३/दिपक विक्रम देउजा

युवा तथा खेलकुद मन्त्री दावा तामाङले सिन्धुपाल्चोकमा खेलकुद क्षेत्रको बिकासका लागी आफुले हरसंभव प्रयास गर्ने बताएका छन।   भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ स्थित तातोपानी आज आयोजित अगुवा कार्यकर्ता भेला एवम प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नभएको कारणले सिन्धुपाल्चोकमा कुनै पनि विकास योजना अलपत्र नहुने प्रतिबद्धता व्याक्त गरेका थिए।

कार्यक्रम समापन पछि मन्त्री तामाङ सहितको टोलिले तातोपानी नाका र तातोपानी भन्सारको समेत अबलोकन गरि नाका र भन्सारको ताजा अवस्थाको बारेमा जानकारी लिदै स्थानीय बासिन्दालाई व्यापार गर्दा केही सजिलो तबरले सहजिकरण गर्न र तातोपानी नाकालाई पुर्ववत ठाउँमा पुर्याउन कुन कुन कुराले रोकिएको हो तत्कालै अध्यायन गरि एउटा उच्चस्तरीय बैंकक राख्न निर्देशन दिएका थिए।

सो असरमा तातोपानी भन्सार नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले अहिलेको भन्सार नाकाको ताजा अवस्था बारे जानकारी गराउँदै स्थानीय बासिन्दाको जीवन स्तर उठाउन आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका विशेष अतिथि नेकपा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश माननीय सरेश नेपालले माथिल्लो भोटेकोसी हाईड्रो पावर कम्पनीले स्थानीयलाई १०% सेयर दिनुपर्ने भए पनि केही स्थानीय राजनीतिक व्यक्तिले कम्पनीलाई प्रभावपारि ६% मा सहमति गरिएको तर त्यहीँ ६% सेयर समेत स्थानीय प्रभावित जनताले नपाएको जानकारी दिदै सम्बन्धित कम्पनी सँग अन्तिम चरणको वार्ता  गर्दा  कम्पनीले बेवास्ता गरेमा कम्पनीले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको ।

त्यस्तै नेकपा केन्द्रीय सदस्य युवा नेता हस्त पण्डितले भुकम्पले थिलथिलो परेर ५ वर्ष देखि अस्तव्यस्त हरेक तातोपानी नाका सरल रुपमा संञ्चालनमा लयाउन पहल कदमी गर्नुपर्ने बताएका थिए भने  नेकपा जिल्ला संयोजक बालकृष्ण देउजाले बैशाखमा हुने निर्बाचनका लागी तयारी अबस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिदै आगामी निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला आफूहरूको किल्ला हुनेगरी लाग्न नेता आग्रह गरेका थिए।

त्यस्तै कार्यक्रममा नेकपा सिन्धुपाल्चोकका युवा नेता अशोक चौलागाईं जिल्लाको राजनीति अवस्था र केही कसैलाई भ्रममा नपरी सिन्धुपाल्चोकको मुल प्रवाह लाग्न आग्रह गरेका थिए।

उक्त भेलाले छेवाङ शेर्पाको संयोजक र डिन्डुप शेर्पाको सह संयोजक रहेको १०१ सदस्यीय गाँउपालिका कमिटी चयन समेत गरेको छ भने  गोरे गुरुङको संयोजक,राजु खड्का सह संयोजक रहेको ६१ सदस्यीय गाउँपालिका युवा कमिटी समेत गठन गरिएको छ।

तपाइँको प्रतिक्रिया ।