मानव अधिकार तथा शान्ति समाजले बालुवाटारमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप दर्जनौ पक्राउ

कपन अनलाइन 

काठमाडौं माघ १२। प्रतिनिधिसभा विघटनको विरोधमा मानव अधिकार तथा शान्ति समाजले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा  गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लगायतका प्ले कार्ड  सहित प्रदर्शन गरेका थिए।  प्रदर्शन मा उत्रिएका  मानव अधिकार तथा शान्ति समाजका सभापति पहाडीसहितका दुई दर्जन व्यक्तिहरु पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य लगायत छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य शक्तिको दूरूपयोग गरेको भन्दै अधिकारकर्मीहरू पनि आन्दोलित छन् ।

 

तपाइँको प्रतिक्रिया ।