नेपाल शिन क्योकुशिन करांते संघका महासचिब सुर्य बहादुर बुढाथोकी सम्मानित

कपन अनलाइन

काठमाडौं माघ १२ ।  नेपाल शिन क्योकुशिन करांते संघका महासचिब सुर्य बहादुर बुढाथोकी सम्मानित भएका छन्। न्युज लाइन्स मिडियाको आफ्नो ४औ वार्षिकोत्सवको अवसरमा बुढाथोकीलाइ  बिगत लामो समय देखि खेलकुद क्षेत्रमा आवद्द रही राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको माध्यम नेपाललाइ चिनाउन पुर्याएको अतुलनीय योगदानको उच्च  मुल्यांकन गर्दै उनलाई  सम्मान गरिएको हो । कार्यक्रममा बोधिसत्व स्वामी आनन्द अरुणले सुर्यबहादुर बुढाथोकीलाइ खादामाला सहित सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानपछि  बुढाथोकीले  आफुलाई खेलकुद क्षेत्रमा थप काम गर्न प्रेरणा मिलेको बताएका छन  ।  लामो समय देखि सुर्य बहादुर बुढाथोकीले खेलकुदको माध्यम बाट नेपाललाइ राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गर्दै आएका छन् ।उनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदै  पदक जित्न समेत सफल भएका थिए  ।

बिध्यालय स्तर देखिनै बिद्यार्थीहरुलाई खेलकुदमा लाग्न प्रेरणा दिने थुप्रै काम गर्दै आएका  उनि काठमाडौं जिल्ला खेलकुद बिकास समितिमा रहेर पनि काम गरिसकेका छन।  खेलकुद बाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उदेश्य लिएका उनले अहिले  धेरैलाई प्रशिक्षण समेत प्रदान गर्दै आएका छन ।

त्यसै गरि सोहि कार्यक्रममा समाजसेवी तथा पर्यटन व्यवसायी जगत बहादुर गुरुङ  पनि सम्मानित भएका थिए। गुरुङ नुवाकोट जिल्लामा शिक्षा,स्वास्थ्य र जनजिवीकाको सवालमा उल्लेखनिय कार्य गर्दै आएको भन्दै समाजिक सेवा अर्वाड प्रदान गरिएको हो ।

   सोहि कार्यक्रममा  होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, खेलाडी हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ,चलचित्र निर्माण संयोजक यम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलारा, गायिका द्व्य विद्या तिवारी र एनी श्रेष्ठ त्यसै गरि  स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आएका अभियन्ता शिव फुँयाल पनि सम्मानित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।