गलत ट्रयाकमा गएको नेपाली राजनीतिलाइ सहि ट्रयाकमा ल्याउन सबैले आ-आफ्नो उत्तरदायित्व बहन गरौ : शुद्द डंगोल
कपन अनलाइन
काठमाडौं, माघ ११। मानव अधिकार तथा शान्ती समाज काठमाडौँ शाखाको २३ औं जिल्ला साधारण सभा तथा असंबैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा बिघटन प्रतिगमन सिलसिलामा बिषयक गोष्ठी सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ६ स्थित कुशल ब्यान्केटमा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द डंगोलले जनताले राणा शासन, पंचायती व्यवस्था, राजाको शासन सहित बहुदललाइ समेत फालेर जुन तरिकाले गणतन्त्र ल्याए त्यो गणतन्त्र ल्याउदै गर्दा आफैले देशको अनुकुलमा बनाएको संबिधानमा उल्लेख नै नगरेको धारा लाइ टेकेर जुन असंबैधानिक कार्य अहिलेको प्रधानमन्त्रीले गरिरहेका छन, त्यसको बिरुद्दमा सबै मिलेर आवाज उठाउनु पर्ने बेला आएको बताएका थिए ।
झन्डै दुइ तिहाईको बहुमत प्राप्त सरकारलाइ आफ्नै पार्टीभित्रको किचलोको कारण संसद बिगठन भएको धारणा राखेका थिए । उनले बिधि भन्दा बाहिर गएका प्रधानमन्त्रीलाइ लिकमा ल्याउन पर्ने आवश्यकता रहेको बताएका थिए ।
अहिले जुन तरिकाले संबैधानिक अंग हरुमा आफ्नै सेटिंग मिलाइरहेको भन्ने कुरा पनि बजारमा आइरहेको भन्दै नेपाली कांग्रेसका सभापतिले पनि अलिकति ढुल्मुलेनीति लिएको होकी भन्ने आशंका ब्यक्त गरेका थिए। उनले अहिले नेकपा पार्टी केन्द्र हुदै प्रदेश प्रदेश हुदै स्थानीय तह र त्यस्तै गरि टोल टोलमा पनि चिरा देखा पर्न थालेको बताएका थिए ।राजनीतिलाई विधिमा ल्याउनको लागि सबैले आ आफ्नो उत्तरदायित्व बहन गरेको खण्डमा अवश्य पनि आउट अफ ट्रयाकमा गएको राजनीतिलाइ ट्रयाकमा ल्याउन सकिने धारणा राखेका थिए ।
फोटो : सरोज बस्नेत