नेकपा गोकर्णेश्वर नगर कमिटीको नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ १०। नेपाल कम्युनिष्ट पार्टी नेकपा गोकर्णेश्वर नगर कमिटीले  नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण  कार्यक्रम  सम्पन्न गरेको छ। शुक्रबार अत्तरखेल  शिव पुरी चोकस्थित गोकर्णेश्वर व्याङ्क्वेटमा  सम्पन्न उक्त भेलाको प्रमुख अतिथिको रुपमा पुर्व संस्कृती  मन्त्री एबम नेकपा ओली समुहका बागमती प्रदेश समितिका अध्यक्ष आनन्द पोखरेल रहेका थिए। त्यसैगरि   कार्यक्रममा नेकपा गोकर्णेश्वर अध्यक्ष उद्दब बिष्ट , प्रेस चौतारीका संस्थापक अध्यक्ष विजय चालिसे जि स स  सदस्य उद्दब भण्डारी सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, नेकपा नेता पुण्य प्रसाद चौलागाई लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्व संस्कृती  मन्त्री एबम नेकपा ओली समुहका बागमती प्रदेश समितिका अध्यक्ष आनन्द पोखरले  चुच्चे नक्सा जारी गरेकै कारण सबैजना केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागेको बताएका थिए  । राष्ट्रिय स्वाधिनता एवम सार्वभौम सत्ता रक्षा गर्नको लागि चट्टानी अडान लिएका कारण राष्ट्रिय तथा अन्तरास्ट्रिय शक्ति केन्द्रले  केपी ओलीलाई पाखा लगाउन लागेको आरोप लगाएका थिए  ।

भारतको दादागिरी अन्त्य गर्ने ताकत भएको नेता केपी ओलीमात्र भएकाले सम्पुर्ण कार्यकर्तालाई उर्जाकासाथ लाग्न अनुरोध समेत गरेका  थिए  ।केपी ओलीको सरकारले इतिहासकै लोकप्रिय काम गरेकाले सम्पुर्ण कार्यकर्तालाई सरकारले गरेको काम लिएर जनतामा चुनावी माहोल सिर्जना गरेर लाग्न आव्हान समेत गरेका  थिए  ।

कार्यक्रममा बोल्ने बक्ताहरुले  सरकारको  लोक प्रिय काम देखेर अतालिएर सरकार चलाउन नदिने रणनिती बनाएको  बताउदै प्रचण्ड नेपाल पक्षकै कारणबाट बर्तमान समस्या निम्तिएको बताएका थिए  । संसद बिघटन गर्नु प्रधानमन्त्रीको  बिषेशाधिकार भएको  बताउदै देशलाइ सहि मार्गमा लान निर्वाचनको  बिकल्प नरहेको हुँदा सरकारले गरेको राम्रो  काम लिएर जनतामा चुनावी माहोल सिर्जना गरेर लाग्न आव्हान  गरेका थिए  ।वर्तमान अन्तर बिरोध  हल गर्दै टोलटोल  वडा वडाबाट संगठन बिस्तार गर्दै लानु पर्नेमा जोड दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।