सालीनदी मेलाका ब्रतालुलाइ क्वारेन्टाइन मापदण्डमा राख्न नगरपालिका प्रतिबद्द छ : नगर प्रमुख सुवर्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौँ माघ १०। बिहिबार श्री माधवनारायण व्रत तथा शालीनदी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा लाग्ने माधवनारायण सालीनदी मेलामा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र व्रत बस्ने व्यवस्था मिलाउन लागेको जानकारी दिदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइने बताए।
व्रतालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्नेमा जोड दिएका थिए । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ रहेको थियो नगरपालिकाले स्थानीय व्यवसायीलाई मात्रै व्यवसायको लागि अनुमति दिन लागिएको ,दर्शनार्थीलाई मनपरी शुल्क नलिइयोस् भन्नको लागि सबै पसलमा मूल्यसूची राख्ने एवं सवारी साधनमा समेत निश्चित भाडा तोक्ने तयारी गरिरहेको पनि उनले बताए ।