सरकारको कदम ठिक लागे जनताले पुरस्कृत गर्नेछन्,अनुचित लागे दण्डित : उपप्रधानमन्त्री ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौं ,माघ ४।
काठमाडौं ४ मा मनमोहन पार्क शिलान्यास उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चल्ने अवस्था नभएर अफ्ट्यारो अवस्था आएकाले ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् ।
आइतबार काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले संसद विघटन गर्दै नयाँ निर्वाचनमा जाने सरकारको निर्णय बाध्यात्मक कदम भएको बताएका हुन् ।
उनले भने ‘सरकारको कदम ठिक छ भन्ने लाग्छ भने जनताले पुरस्कृत गर्नेछन्, अनुचित लाग्यो भने जनताले दण्डित गर्नेछन् ।’ गुरु मन्त्र भनेकै जनताकै साथ रहेको बताउँदै उनले हरेक विकासका काममा जनताको साथ र सहभागिता विना सम्भव नभएको बताए ।
तपाइँको प्रतिक्रिया ।