बौद्ध तीनचुलीबाट १० चोरी गरेर ५८ वर्ष कैद तोकिएका अभियुक्त १५ वर्ष पछि पक्राउ
कपन अनलाइन
काठमाडौं ,माघ ४।
बौद्ध तीनचुलीबाट १० चोरी गरेर ५८ वर्ष कैद तोकिएका अभियुक्त १५ वर्ष पछि पक्राउ परेका छन।
१० जनाको फरक-फरक जाहेरी परेको १० वटा चोरी मुद्दामा काठमाण्डौ जिल्ला अदालतको मिति २०६३।०९।२३ गतेको फैसलाले जम्मा ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दिपक श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बौद्ध बाट पक्राउ गरिएको हो।
दोलखा जिल्लाको साविक भिमेश्वर न.पा. वडा नं. ८ परिवर्तित वडा नं. ५ स्थायी ठेगाना भएका श्रेष्ठ हाल काठमाडौं -६ बौद्ध बस्दै आएका थिए।
तपाइँको प्रतिक्रिया ।