काठमाडौं क्षेत्र नं ४ मा डा.राजन भट्टराईको अभियान शुरु ,निर्वाचनको तयारीमा लाग्न निर्देशन

कपन अनलाइन

काठमाडौं ,माघ २।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ मा संगठन विस्तार र परिचालन अभियान शुरु गर्दै निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै भट्टराईले आगमी बैशाखमा निर्वाचन हुने भएकोले अवका हरेक गतिविधि निर्वाचन केन्द्रित हुनुपर्ने बताएका छन।

बुढानिलकण्ठ नगरपालिकामा स्थानीय सरकारले गरेका कामहरुको प्रचार प्रसार गर्दै जनताहरुको घरदैलोमा पुग्न निर्देशन दिदै डा राजन भट्टराईले नेकपामा केपी ओली पक्ष आधिकारिक नेकपा भएको जानकारी दिएका थिए।

काठमाडौं क्षेत्र नं ४ मा रहेका १२ वटै वडामा भेला,बैठक र कार्यक्रमहरुको आयोजनालाई तीव्रता दिनका लागि क्षेत्र र  नगर कमिटीलाई निर्देशन दिदै डा. भट्टराईले प्रधानमन्त्रीको कदम लाई दरिलो साथ् र समर्थन गरेकोमा नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।