शक्ति समुहको सामाजिक लेखा परिक्षण सम्पन्न
कपन अनलाइन
काठमाडौं ,पुस २८।
शक्ति समुहको आर्थिक वर्ष २०७६/७७ को सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ। काठमाडौं धुम्बाराहीमा रहेको स्मार्ट क्याफेमा भएको उक्त साधारण सभामा समुहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले कार्यक्रमका उपलव्धिका वारेमा प्रकास पारेकी थिइन् भने अधिकारकर्मी रमेश प्रसाद पौडेलले सहजीकरण गरेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ की कार्यबाहक अध्यक्ष सुमित्रा पाण्डे र काठमाडौं महानगरपालिका वडा नं ७ की सदस्य निर्मला पुडासैनी लागयतका जनप्रतिनिधिहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमको अध्यक्षता समुहकी अध्यक्ष चरिमाया तामाङले गरेकी थिइन्।
समुहका सल्लाहकार टंक पन्त,उपाध्यक्ष सुनमाया ब्लोन,सचिब सुनिता गहतराज, कोषाध्यक्ष रिना बि. क, सदस्य नातिसरा राई, फुलमाया छुमी र राममाया नेपालीको सहभागितामा भएको सामाजिक लेखा परिक्षणमा संस्थाका लेखा अधिकृतले आर्थिक विवरण प्रस्तुत गरेका थिए।
बेचबिखनमा परेका महिलाहरुको पहलमा २०५४ शालमा प्रभावित महिलाहरुको शक्तिको संगठनको नाममा स्थापना भएको समुह २०५७ शालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको थियो।
नेपालका १४ वटा जिल्ला कार्य क्षेत्र रहेको समुहले आर्थिक वर्ष २०७६/७७ मा क्षेमता अभिवृद्धि ,कानुनी अभिमुखीकरण ,मुद्दा दर्ता ,जीविकोपार्जन र वकालतका क्षेत्रमा गरेका विभिन्न कार्यक्रम र गतिविधिहरुका वारेमा जानकारी दिनुका साथै सहभागी विच अन्तरक्रिया समेत गरेको थियो।