बालकृष्ण श्रेष्ठ : बुढानिलकण्ठमा प्रचण्ड-नेपाल पक्षका एक्ला वडा अध्यक्ष
कपन अनलाइन
काठमाडौं ,पुस २८।
नेपाल कम्युनिस्ट पार्टीमा अहिले देखिएको विवाद संगै नेता कार्यकर्ता संगै जनप्रतिनिधिहरु पनि पक्ष विपक्षमा खुलेर सक्रिय हुने क्रम बढेको छ। नेपाल कम्युनिस्ट पार्टी प्रधानमन्त्री केपी ओली र प्रचण्ड -नेपाल पक्ष बनेर बेग्ला बेग्लै कार्यक्रम र अभियान संचालन गरिरहेका छन।
नेपाल कम्युनिस्ट पार्टीमा देखिएको यो विवाद वडा तह सम्म नै आइपुगे संगै स्थानीय तहका जनाप्रतिनिधिहरु पनि आफ्नो पक्ष स्पस्ट गर्ने दवावमा परेका छन।
यसै क्रममा नेपालको राजधानी काठमाडौंका जनप्रतिनिधिहरु पनि नेपाल कम्युनिस्ट पार्टीका ओली र प्रचन्ड -नेपाल पक्षमा सक्रिय बन्न थालेका छन।
काठमाडौं जिल्लाका ११ स्थानीय तह मध्ये तत्कालिन नेकपा एमालेले अत्याधिक जनप्रतिनिधि जितेको नगरपालिका हो बुढानिलकण्ठ । बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडा मध्ये ११ वटा वडामा वडा अध्यक्षमा बिजयी बनेको नेकपा ( तत्कालिन नेकपा एमाले) ले नगर सभामा पनि भारी बहुमत हासिल गरेको थियो।
बुढानिलकण्ठ नगरपालिकाका ४ र ६ नं वडा बाहेक बाँकि सबै वडामा नेकपा ( तत्कालिन नेकपा एमाले) का वडा अध्यक्षहरु बिजयी बनेका थिए।
अहिले नेकपामा देखिएको विवाद संगै ११ मध्ये १० जना वडा अध्यक्ष प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय देखिएका छन भने १ जना वडा अध्यक्ष प्रचण्ड -नेपाल पक्षमा देखिएका छन। प्रचण्ड -नेपाल पक्षमा देखिएका वडा अध्यक्ष हुन् वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ।
पन्चकन्या मावीमा रहेको स्थायी शिक्षकको जागिर छोडेर २०५४ शालमा साविक विष्णु बुढानिलकण्ठ गाविसको अध्यक्षमा निर्वाचित बनेका श्रेष्ठ तत्कालिन नेकपा एमालेको काठमाडौं क्षेत्र नं ५ का अध्यक्ष समेत रहेका थिए।
२०४६ शालको आन्दोलनमा सक्रिय बन्दै २०४७ शालमा प्ररायु संघ बुढानिलकण्ठमा सक्रिय रहेका उनले गाउँ सक्रिय दल ,इलाका सक्रिय दल र विशेष जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी पुरा गर्दै हाल नेकपा काठमाडौं जिल्ला कमिटी सदस्यका रुपमा आफ्नो जिम्मेवारी पुरा गर्दै आएका छन।