पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा नेपालय स्कुलमा आयोजित चियापान एबम विचार गोष्ठी सम्पन्न

पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा नेपालय स्कुलमा आयोजित चियापान एबम विचार गोष्ठी सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष २८। पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय इंगलिस पब्लिक स्कुलमा एक कार्यक्रमका बीच राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा विचार गोष्ठीको  साथै चियापान कार्यक्रम सम्पन्न भएको छ ।सोमबार बिहान बिध्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको संयोजन बुद्ध श्रेष्ठ ,अमृत थापा, राजन दुलाल र  दिपक दाहालले गरेका थिए। कार्यक्रममा  वेशी गाउँ महिला समुह, गोकर्णेश्वर एकता समाज, परिवर्तनशिल महिला समुह,  उन्नति महिला समुह,  छहारी युवा क्लब ,वेशी गाउँ नेवा महिला समुह लगायत बिध्यालयको शिक्षक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा दिप प्रज्वलन सहित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिएको थियो ।कार्यक्रममा  राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनले गरेका कार्यलाई सम्मान गर्नुपर्ने  उक्त कार्यक्रमका सहभागीले विचार व्यक्त गरेका थिए  । बक्ताहरुले  पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको बताउदै एकता दिवसलाई विभिन्न राजनीतिक रंग दिनुभन्दा पनि सामाजिक र राष्ट्रभावका रुपमा मनाउनुपर्ने बताएका थिए।

   तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने भनाइ बक्ताहरुले राखेका थिए ।कार्यक्रममा विचार राख्दै नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डिरेक्टर बुद्द श्रेष्ठले राष्ट्रनिर्माता तथा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताएका थिए।

उनले पृथ्वीनारायण शाहको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गर्दै, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अभिभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुने बताएका थिए । स्वार्थबाट अलग रहेर राष्ट्रको विकासमा दत्तचित्त भएर लाग्नुपर्ने पृथ्वीनारायण शाहको प्रेरणालाई आजको सन्दर्भमा उपयोग गर्न जरुरी रहेको उनले बताएका थिए  ।

 

 

तपाइँको प्रतिक्रिया ।