सनिवार काठमाडौं क्षेत्र नं ४ मा चुनावी झल्को,डा .राजन भट्टराई र गगन थापा मैदानमा
कपन अनलाइन
काठमाडौं ,पुस २६।
पुस २५ गते सनिवार काठमाडौं क्षेत्र नं ४ मा चुनावी झल्को दिने दृश्यहरु देखिएका छन। २०७४ शालको प्रतिनिधि सभाको निर्वाचनमा बिजयी बनेका गगन थापा र उनका निकटतम प्रतिद्वन्दी डा. राजन भट्टराईले उक्त दिनको लामो समय क्षेत्र नं ४ को ठुलो भाग समेट्ने बुढानिलकण्ठ नगरपालिकामा बिताएका छन।
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी ,उपरास्ट्रपति नन्द किशोर पुन पासांगले आफ्नो राजनीतिक परिक्षा दिएको काठमाडौं क्षेत्र नं ४ लामो समय देखि राजनीतिक वृतमा चर्चा र चासोको विषय बन्दै आएको छ।
२०७४ शालको निर्वाचन पछि पनि काठमाडौं क्षेत्र नं ४ मा पटक पटक निर्वाचन कै झल्को दिने कार्यक्रम र गतिविधि भैरहेका थिए भने उक्त निर्वाचनमा प्रतिनिधि सभा बनेका थापा र २०७० शालको निर्वाचनमा रहेको १२ हजार मतको अन्तरलाई करिव ३ हजारमा खुम्चाएका डा . राजन भट्टराई विच विकास योजना र कार्यक्रम संचालनको प्रतिस्पर्धा जस्तै बनेको थियो।
यस विचमा थापाले स्थानीय पूर्वाधार विकास योजना तथा कार्यक्रमहरुको परिचालन गरेका थिए भने डा.भट्टराईले संघीय,प्रदेस र स्थानीय सरकारलाई योजना तथा कार्यक्रम संचालन गर्न निरन्तर सहजीकरण गरिरहेका थिए।
अवको कार्यकालमा संसद हैन क्षेत्रमा देखिने र सुनिने सांसद बन्ने बाचा गर्दै विजयी बनेका थापा र जिते पनि हारे पनि सधै क्षेत्र नं ४ का जनताको सेवामा सक्रिय रहनेछु भन्ने डा .भट्टराई विच भएको विकास प्रतिस्पर्धाको परिणाम देखिने चरणमा रहेको एक जनप्रतिनिधि बताउछन।
पछिल्लो समय काठमाडौं क्षेत्र नं ४ का १२ मध्ये १० वडाका जनप्रतिनिधि र जनताहरु संग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेका डा.भट्टराईको सक्रियतालाई पंचायतकालिन एक नेताको भ्रमण झैँ भनेर स्थानीय कांग्रेस वृतमा सतही टिप्पणी गरिए पनि यसले सांसद थापा माथि दवाव परेको ति जनप्रतिनिधिको धारणा रहेको छ।
यसै विच पुस २५ गते सनिवार थापा कपन ह्यान्डबल मैदानको विरोध सभामा सहभागी हुँदा डा. राजन भट्टराई कपन राममन्दिर खानेपानी आयोजनाको साधारण सभामा प्रमुख अतिथि रहेका थिए।
पछिल्लो समय क्षेत्र नं ४ का जनताहरु संग प्रत्यक्ष सम्पर्कका लागि विभिन्न कार्यक्रम संचालन गर्ने क्रममा थापाले विद्यार्थी केन्द्रित भर्चुवल अभियान संचालन गरेका थिए भने डा .भट्टराईले पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता दिएका थिए।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईको सक्रियताले सकसमा परेका युवा नेता गगन थापाले विरोध सभालाई शक्ति प्रदर्शन र संगठन पुनर्ताजगीका रुपमा उपयोग गरेको महसुस भएको बताउदै एक बुद्दिजीवीले ए वान पार्टी प्यालेसमा भएको कार्यकर्ता भेलामा देखिएको जनप्रतिनिधि र स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिले डा.भट्टराई बलियो अवस्थामा रहेको देखिने विश्लेषण गरेका छन।