गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगीताको उपाधि श्रीकृष्ण कारंजित र राजकुमार श्रेष्ठको जोडीलाइ
कपन अनलाइन
काठमाडौं,पौष २६।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सबको अवसरमा आयोजित क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको उपाधि श्रीकृष्ण कारंजित र राजकुमार श्रेष्ठको जोडीले जितेका छन। शनिबार बिहान भएको फाइनल खेल श्रीकृष्ण कारंजित र राजकुमार श्रेष्ठको जोडी संग प्रेम कुमार श्रेष्ठ र किरण कार्कीको जोडी बीच भएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा श्रीकृष्ण कारंजित र राजकुमार श्रेष्ठको जोडीले प्रेम कुमार श्रेष्ठ र किरण कार्कीको जोडीलाइ २१- १७ र २१- १२ अंकको सोझो सेटमा परजित गर्दै उपाधि माथि कब्जा जनाएको छ। जित संगै श्रीकृष्ण कारंजित र राजकुमार श्रेष्ठले नगद रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ उप बिजेता हुदै प्रेम कुमार श्रेष्ठ र किरण कार्कीको जोडीले नगद रु ७ हजार संगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन प्रतियोगितामा उमेश ढुंगाना र कमल परियारले तृतीय स्थान हासिल गरेका छन। कुल १४ टिम सहभागी भएको सो प्रतियोगिता पौष २१ गते बाट गोकर्णेश्वर महादेव मन्दिर परिसरस्थित ब्याडमिन्टन कोर्टमा संचालन भएको थियो ।
गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा समपन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ ,प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष एबम गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार हरि कृष्ण श्रेष्ठ, क्लबका संस्थापक सदस्य एबम सल्लाहकार गोबिन्द बहादुर श्रेष्ठ वडा सदस्य बाल कृष्ण श्रेष्ठ, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान बहादुर कट्टेल, सहित क्लबका पदाधिकारी खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन क्लबका सचिब कृष्ण प्रसाद श्रेष्ठ अनिलले गरेका थिए।
राष्ट्रियगान संगै शुरु भएको कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर युवा उपकार क्लबका उपाध्यक्ष कमल परियारले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष एबम गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार हरि कृष्ण श्रेष्ठ, क्लबका संस्थापक सदस्य एबम सल्लाहकार गोबिन्द बहादुर श्रेष्ठ समाजसेवी तथा क्लबका सल्लाहकार राज कृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिजयी खेलाडी हरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले स्वास्थ्यको लागि खेलकुद आवश्यक भएको बताएका थिए ।कोरोनाको जोखिम अझै नहटी सकेको हुदा स्वास्थ्य सुरक्षा साबधानी अपनाउन अनुरोध गर्दै गोकर्णेश्वर ४ मा कोरोना जनचेतना जगाउन अभियान संचालन गरिरहेको बताएका थिए।
उनले गोकर्णेश्वर युवा उपकार क्लबको ३१ औ वार्षिकोत्सवको शुभकामना दिदै सामाजिक क्रियाकलापमा सक्रिय हुन अनुरोध गरेका थिए। उनले क्लब संग मिलेर वडाले बिभिन्न कार्यक्रम गर्न सकिने समेत बताएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।