बोष्टर मिडियाको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान तथा पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बोष्टर मिडियाको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान तथा पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ पौष २५। बोष्टर मिडियाको सातौँ वार्षिकोत्सव को अवसरमा आयोजित बिशेष सम्मान  तथा पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार पर्यटन बोर्ड भृकुटीमण्डपको सभाहलमा पुर्व प्रधानमन्त्री एबम नेकपाका बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा पुर्व मन्त्रि लालबाबु पण्डित पुर्व मन्त्रि शेरबहादुर तामाङ पुर्व मन्त्रि राम कुमार श्रेष्ठ, पुर्व संसद गीता राणा,प्रदेश सभा सदस्य कल्पना नेपाली गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी  लगायत बोष्टर मिडियाका पदाधिकारी सहित बिभिन्न सामाजिक संघ सस्थाका लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले गरेका थिए भने कार्यक्रम संचालन सोभा त्रिपाठीले गरेकी थिइन्।

राष्ट्रियगान सगै शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एबम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले गमलामा पानी हालेर गरेका थिए ।कार्यक्रममा सामाजिक अभियन्ता लोकबहादुर टन्डनले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै पर्यटन प्रवर्द्धनमा मिडियाको बिशेष भूमिका हुने बताए। उनले एक पटक गोकर्णेश्वर नगरपालिका घुम्नको लागि अनुरोध गर्दै गोकर्णेश्वर आफैमा प्राकृतिक धार्मिक र एतिहासिक महत्वले भरिपुर्ण रहेको बताए। नगरपालिकाले त्यस्ता स्थानहरुको प्रवर्धनमा बिभिन्न कार्यक्रम समेत गर्दै आएको बताए ।

 कार्यक्रममा शुभकामना मन्तब्य राख्दै संसद गीता राणाले कोरोना महामारीको संकटमा सबैभन्दा बढी प्रभावित भएको पर्यटन  उद्योग चलायमान बनाउन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु पर्नेमा जोड दिएकी थिइन्  । आजको युग सुचना र संचारको युग भएको बताउदै सुचना प्रबिधिले अत्याधिक विकासले सारा विश्वलाइ नै एउटा कोठामा बसेर सारा विश्व चिनाउने व्यवस्था संचार प्रबिधिले गरेको भन्दै नेपालमा भएका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा मिडियाको बिसेष भूमिका हुने बताए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै पुर्व मन्त्रि लालबाबु पण्डितले आयोजकलाइ धन्यबाद दिदै बोष्टर मिडियासातौ बर्षमा प्रवेश गरेकोमा शुभकामना ब्यक्त गरेका  थिए। उनले पर्यटन क्षेत्रको विकासका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउदै  संचार माध्यमले  देशैभर नविन पर्यटकीय संभावनाको खोजी गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पुर्वमन्त्री रामकुमार श्रेष्ठ , प्रदेश सभा सदस्य कल्पना नेपाली लगायतले शुभकामना  मन्तब्य राखेका थिए ।कार्यक्रममा समाजमा उल्लेखनीय योगदान दिने ब्यक्तिहरुलाई बिशेष सम्मान गरिएको  थियो ।

कार्यक्रममा प्रमुखअतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै पुर्व प्रधानमन्त्री एबम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेपालमा पुर्बधार राम्रो हुने हो भने पर्यटक प्रचुर मात्रामा आउने र देशले छिट्टै फड्को मार्ने बताउदै अबको ध्यान बिकास पूर्वाधार र पर्यटक बिकासमा हुनुपर्नेमा जोड दिएका थिए । खनालले राजनीतिकभने , शैक्षिक, स्वास्थ्य लगायतका विविध क्षेत्रका जानकारीहरुलाई सूचनामुलक तवरबाट प्रकाशन प्रसारण गर्दै आएकोमा  बोष्टर मिडियाको खुलेर प्रशंसा गरेका थिए।  ।  प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।