गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दिस्रो दिनका खेलहरु सम्पन्न
कपन अनलाइन
काठमाडौं,पौष २२। गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सबको अवसरमा आयोजित क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनको खेलहरु सम्पन्न भएको छ ।
कोरोनाको कारण खेल गतिबिधि प्राय ठप्प हुँदा प्रभावित बनेको खेल क्षेत्रलाइ चलायमान बनाउदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल धनबहादुर श्रेष्ठ र हरिदास श्रेष्ठको जोडी संग रामहरी श्रेष्ठ र राम श्रेष्ठको जोडी बीच भएको थियो। उक्त खेलमा धनबहादुर श्रेष्ठ र हरिदास श्रेष्ठको जोडीले रामहरी श्रेष्ठ र राम श्रेष्ठको जोडीलाई २१- १८ , २२- २० र २१- २० अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
त्यसैगरि आजको दोस्रो खेल विजय श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडी संग प्रमोद चन्द्र डाँगी र राजकुमार श्रेष्ठको जोडी बीच भएको थियो निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा विजय श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीले प्रमोद चन्द्र डाँगी र राजकुमार श्रेष्ठको जोडीलाई २३-२१ , २१-१९ र २१- ११ अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
त्यसै गरि आजनै भएको तेस्रो खेल राजकुमार श्रेष्ठ र रामजी श्रेष्ठको जोडी संग विकेश श्रेष्ठ र मधु श्रेष्ठको जोडी बीच भएको थियो उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको सो खेलमा राजकुमार श्रेष्ठ र रामजी श्रेष्ठको जोडीले विकेश श्रेष्ठ र मधु श्रेष्ठको जोडीलाई २१-११ र २१ -१६ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।मंगलबार बाट गोकर्णेश्वर महादेव मन्दिर परिसरको कोर्टमा शुरु भएको प्रतियोगिता पौष १५ गते सम्म चल्नेछ उक्त प्रतियोगितामा प्रथम र दितीय हुनेले क्रमश नगद रु १० हजार ,७ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।