किका फाउन्डेशन द्वारा बिएमसिए स्कुल बुढानिलकण्ठ २ लाइ शैक्षिक सामाग्री प्रदान
कपन अनलाइन
काठमाडौं पौष २२। निशा बराल/ शिरिष पौडेल
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको बिएमसिए स्कुलमा मंगलबार किका फाउन्डेशनद्वारा शैक्षिक सामाग्री वितवरण गरिएको छ । किका फाउन्डेसनका अध्यक्ष सरस्वती लामाको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का , वडा सदस्य राजेन्द्र श्रेष्ठ, बिएमसिए स्कुलका फाउन्डर लक्ष्मी तामाङ , बिध्यालयका प्रधानाध्यापक मोहन प्रसाद भट्ट , बिध्यालय व्यवस्थापन समितिका सदस्य नारायण दाहाल, लगायत अभिभावकहरु र बिद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सो बिध्यालयमा कक्षा ७ ,८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गरिएको थियो ।उक्त कार्यक्रममा ७,८,९ कक्षाका विध्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री अन्तर्गत बिध्यालय झोला प्रदान गरिएको थियो । विगत लामो समयदेखि स्कुलका भौतिक संरचनादेखी विध्यालय व्यवस्थापन सम्मका विभिन्न क्षेत्रमा किका फाउन्डेशनले सहयोग गरिरहेको जानकारी का बिएमसिए कि फाउन्डर लक्ष्मी तामाङ्गले जानकारी गराएकी थिइन् ।