गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाडौं ,पुस १८।
किन आयौ सपनीमा बस्छौ कति दिन
खुकुलो त्यो अंगालोमा कस्छौ कति दिन ।
माया गर्नु पनि अव फेसन भएको छ
बिकृतिको दलदलमा फँस्छौ कति दिन ।
आस्था, विचार, सिद्दान्त बेचिसके छौ
स्वाभिमानको चुलीबाट खस्छौ कति दिन ।
मौका आउँदा सबैले लुट्छन् भनेर
अवसररुपी छुरा यो धस्छौ कति दिन ।
पछिल्तिर नानाथरि गाली गर्दै हिंड्छौ
अघिल्तिर भने तेल घस्छौ कति दिन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।