नेकपा काठमाडौं क्षेत्र नं २ को विस्तारित बैठक सम्पन्न ,पुष २५ गते क्षेत्रीय भेला हुने
कपन अनलाइन
काठमाडौं ,पुस १३।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडाैं क्षेत्र नं. २ काे क्षेत्र स्तरीय बिस्तारीक बैठक सम्पन्न भएकाे छ ।बानेश्वरमा सम्पन्न उक्त बैठककाे अध्यक्षता नेकपाका केन्द्रिय सदस्य समेत रहेका क्षेत्रीय संयाेजक प्रकाश गाैतमले गरेका थिए भने बैठकमा क्षेत्र भरिका अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेकाे थियाे ।
उक्त बैठकले पुष २५ गते क्षेत्रीय भेला आयाेजना गर्ने निर्णय गर्दै उक्त भेलाकाे तयारीकाे लागि काठमाडाैं महानगरकाे ३२ र ९ वडाकाे संयाेजकमा केन्द्रिय सदस्य ओम कृष्ण प्रसाइ, कागेश्वरी मनहरा नगरपालिकाकाे संयाेजकमा केन्द्रिय सदस्य मणिराम फुयाल र शंखरापुर नगरपालिकाकाे संयाेजकमा केन्द्रिय सदस्य बुद्व भक्त चित्रकारलाइ संयाेजन जिम्मेवारी दिएकाे छ ।
सो बैठकलाई बैठकलाइ नेकपाका केन्द्रिय सदस्य तथा काठमाडाैं जिल्ला अध्यक्ष कृष्ण राइ, केन्द्रिय सदस्यहरू बुद्वभक्त चित्रकार, ओम कृष्ण प्रसाइ, मणिराम फुयाल र रमेश सिलवाल सम्बोधन गरेका थिए ।फोटो सौजन्य :शंखरापुर न्युज