कपन बहुउदेस्यीय सहकारी संस्थाको १३ औ साधारण सभा सम्पन्न ,अध्यक्षमा कमल कँडेल
कपन अनलाइन
काठमाडौं ,पुस ४।
कपन बहुउदेस्यीय सहकारी संस्थाको १३ औ साधारण सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको संस्थाको भवनमा भएको साधारण सभाले कमल कंडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ।
सो साधारण सभाले संस्थाको समितिको उपाध्यक्षमा विश्व कुमार पोखरेल , सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा रामशरण राउतलाई चयन गरेको छ भने सदस्यहरुमा रिता मैनाली थपलिया ,श्रीराम खतिवडा र कविराज पराजुली चयन भएका छन।
गत तिहार देखि आफ्नै नवनिर्मित भवनमा कार्यालय संचालन शुरु गरेको सो संस्थाको साधारण सभाले सहकारी मापदण्ड र सिदान्तमा रहेर सहकारी मार्ट संचालन पनि गरिरहेको छ।
तपाइँको प्रतिक्रिया ।