गुनासो : शशी चालिसे (कविता )

कपन अनलाइन

काठमाडौं ,पुस ४।

व्यबहारले ढाकिसक्यो
बुझ्ने कोही छैन
मनमा कुरा धेरै थियो
सुन्ने कोही हैन
सुनाउनखोज्दा खेरी
सबै भाग्छन् टाढा
सुनिहाले भने पनि
भयो भन्छन् खासा
आकाशको वादलले
चन्द्र सूर्य ढाक्छन
आफ्नाभन्नेहरू पनि
टाढाटाढा भाग्छन ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।