ढुंगा, गिटी, बालुवा, माटोजन्य पदार्थ उत्खनन् खुलाउन स्थानीय तहका तिन संघको माग

कपन अनलाइन

काठमाडौं ,पुस १ ।

स्थानीय तहहरूले ढुंगा, गिटी, बालुवा, माटोजन्य पदार्थ उत्खनन् खुलाउन माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त रूपमा यस्तो माग गरेका हुन् । ती निकायले मंगलबार विज्ञप्तिमार्फत नदीजन्य पदार्थ निर्वाध रूपमा उत्खनन् गर्न पाउनुपर्ने माग गरेका हुन् ।

गृह मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन्, संकलन, बिक्री वितरणमा रोक लगाउन मातहतका निकायमा गरेको परिपत्रले स्थानीय तहको आयस्रोतमा असर परेको उनीहरूको भनाइ छ ।

 

तपाइँको प्रतिक्रिया ।