राष्ट्रिय शहिद तथा शान्ति पार्क गोकर्ण जगडोलमा युनेस्को संग्राहलय ग्राम कार्यलय उद्घाटन
कपन अनलाइन
काठमाडौं, पौष १। गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण जगडोलमा रहेको राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक हातमामा युनेस्को संग्राहलय ग्राम यज्ञडोल जगडोल सामुदायिक बन परियोजना तथा आयोजना इकाई कार्यलय र राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामती समरक को कार्यालयको आज एक कार्यक्रमका बीच नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रि एबम युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष ग्रिरिराजमणि पोखरेलले उद्घाटन गरेका छन ।
उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा संघिय सांसद कृष्ण बहादुर राइ,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा बाबुराम अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा, कलाकार सरगम सम्राट पाख्रिन,युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालय सचिव युवराज पौडेल, लगायत स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामति समरक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले गरेका थिए भने कार्यक्रम संचालन राजकुमार केसीलेल गरेका थिए । राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रममा एक मिनेट ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण सहित सहिदहरुको तस्बिरमा फुल पुष्प अर्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रि एबम युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष गिरिराजमणि पोखरेलले क्रिमिक रुपमा पार्क ले गति लिने बताए। जुन देशले योद्दा सहिदहरुलाई कदर गर्न सक्दैन त्यसले सभ्यता पनि नबनाउने बताए।
राम्रो रास्ट्र समाज निर्माण गर्ने हो भने योद्दा र शहिदहरुलाई कदर गर्नु पर्ने धारणा राखेका उनले सहिदहरुको बलिदानलाइ चिरस्मरण सम्म राख्नको लागि जुन पार्कको अवधारण सहित कार्य अघि बढेको छ ।त्यसले राष्ट्रिय एकता प्रवर्धन जैविक बिबिधता , बन र बातावरण संरक्षण पर्यापर्यटनको प्रवर्धन संगै देशको दिगो बिकास तथा सम्वृद्धिमा टेवा पुर्याउने बिश्वास ब्यक्त गरे मन्त्रीको हिसाबले नेपालमा युनेस्को ग्राम छ भन्न पाउदा आफ्नो अवधि भित्रको एउटा महत्वपूर्ण उपलब्धिको रुपमा आफुले लिएको बताए।युनेक्सको, यु एन त्यस्तो संस्था हो जसले शिक्षा संस्कृति लगायत धेरै क्षेत्रमा काम गर्दै आएको संस्था संग जोडिन पाएकोमा खुसि ब्यक्त गरेका थिए कार्यक्रममा राष्ट्रिय बृहत शहीद पार्क तथा युनेस्को संग्राहलयग्राम निर्माण कार्ययोजना नामक पुस्तक समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा संघिय सांसद कृष्ण बहादुर राइ नगर पालिका प्रमुख सन्तोष चालिसे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामति समरक यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले पार्कले अब गति लिने बताउदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए