विष्णुमति जग्गा एकीकरण (land pulling ) सम्बन्धि छलफल सम्पन्न

कपन अनलाइन

काठमाडौं ,मंसिर २९।

विष्णुमति जग्गा एकीकरण (land pulling ) सम्बन्धि छलफल सम्पन्न भएको छ।  काठमाडौं क्षेत्र नं ५ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौलाको संयोजनमा बुढानिलकण्ठ नगरपालिकाको सभा हलमा भएको उक्त छलफलमा विष्णुमति नदि कोरिडोर र सो क्षेत्रको जग्गा एकीकरणका वारेमा छलफल भएको थियो।

विष्णुमति क्षेत्रका जग्गाहरुलाई एकीकरण गर्दै आधुनिक तथा सुविधा सम्पन्न शहर निर्माण तथा विष्णुमति कोरिडोर क्षेत्रको सौन्दर्यिकरण लगायतका विषयमा सरोकारवाला क्षेत्रका जनप्रतिनिधिहरुको छलफलमा दिर्घकालिन र अल्पकालीन योजना तथा कार्यक्रमहरुका वारेमा अन्तरक्रिया गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई , टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल, बुढानिलकण्ठ नगरपालिका वडा नं ४ ,५ र ६ का अध्यक्ष क्रमस राजु खड्का ,विजय तामाङ ,नबिन केसी ,टोखा नगरपालिका वडा नं २ र ६ का अध्यक्ष दिपक राज जोशी र महेश्वर केसी ,विभिन्न वडाका सदस्यहरु र सम्बन्धित निकायका सरकारी प्रतिनीधिका विचमा भएको छलफलमा सो क्षेत्रको सम्भाव्यता अध्ययन शुरु गर्ने निर्णय गरिएको थियो।

काठमाडौं उपत्यकाका नदी सभ्यतामा निकै महत्व राख्ने विष्णुमति नदी किनारमा व्यवस्थित शहर र मौलिक भौतिक पूर्वाधार निर्माणका लागि आगामी दिनमा बृहत छलफल र अन्तरक्रिया गर्ने बताउदै बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौलाले प्रारम्भिक चरणमा सम्भावना र अवसरको खोजि गरिने जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।