टोखा नगरपालिकाका थप ४७ जना कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं ,मंसिर २९ / नविना श्रेष्ठ
टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टा मा ४७ जना कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या बढेर ३४९१ जना पुगेकाे छ। हाल सम्म कोरोना भाइरस संक्रमण भएका महिला सख्या १५२२ जना रहेको र पुरूष संख्या १९६९ जना रहेका छन्।
सक्रिय रहेका संक्रमित संख्या १३२ जना पुगेकाे छ। टोखा नगरपालिकाको विवरण अनुसार हाल सम्म निको हुनेको संख्या भने ३३५० जना रहेका छन्। मृत्यु हुनेको संख्या ९ जना रहेको नगर को तथ्याङ्गकले जनाएको छ। वडा गत विवरण अनुसार कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका महिला सख्या २६ जना रहेको र पुरूष संख्या २१ जना रहेका छन्। भने होम आइसोलेसनमा ४६ जना रहेको र अस्पतालमा १ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। हाल सम्म कोरोना भाइरस संक्रमितहरूले PCR परिक्षण गरेका कुल सख्या ६६१३ जना रहेका छन्।
कुल सम्पर्कमा परिक्षण गरेका हरुको सख्या ४००४ जना पुगेकाे छ। CICT Team ले ४७ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी नगर आइसोलेसन केन्द्रमा २ जना मात्र संक्रमित रहेका छन्। हाल सम्म सेवा प्राप्त गरिसकेका हरुको सख्या भने १५३ जना रहेका छन्।