बुढानिलकण्ठमा यौन हिंसाको अवस्था र न्यूनिकरणमा भूमिका विषयक अन्तरक्रिया सम्पन्न

बुढानिलकण्ठमा यौन हिंसाको अवस्था र न्यूनिकरणमा भूमिका विषयक अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौं ,मंसिर २६ /निशा बराल /शिरिष पौडेल

बुढानिलकण्ठ नगरपालिकाले सोच नेपाल , ओरेक र US Aid को सहकार्यमा यौन हिंसाको वर्तमान अवस्था र न्यूनिकरणमा किशोर किशोरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा यौन हिंसाको बढ्दो अवस्था,यसको न्यूनिकरणमा युवाहरुको भूमिका र स्थानिय तहबाट गरिनुपर्ने योजनाहरुको बारेमा किशोर किशोरीहरुसँग छलफल गरिएको थियो ।

कार्यक्रममा बुढानिलकण्ठमा रहेका बालक्लब र ८ देखि १२ सम्मका विध्यार्थीहरुको सहभागीता रहेको थियो । बढ्दो यौन हिंसालाई न्यूनिकरण गर्ने उद्यश्यले आयोजना गरिएको उक्त कार्यक्रमबाट आयोजकले सहभागी किशोरकिशोरीहरु उक्त समस्याको वर्तमान अवस्था र यससँग सम्बन्धित कानुनको बारेमा जानकार भई सचेत हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको  अन्त्यमा “ म हिंसा गर्दिन , म हिंसा सहन्न र हिंसा गरेको देखेमा प्रतिकार गर्ने छु ” भन्ने प्रतिवद्दताका साथ समापन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।