तारकेश्वर नगरपालिका वडा नं २ का ३ सय ३३ जनालाई न्यानो कपडा

तारकेश्वर नगरपालिका वडा नं २ का ३ सय ३३ जनालाई न्यानो कपडा

कपन अनलाइन

काठमाडौं ,मंसिर २६।

तारकेश्वर नगरपालिका वडा नं २ ले जेष्ठ नागरिक , अशक्त र न्यून आयस्तर भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरेको छ ।

वडामा बिहीवार  नगरकी उपप्रमुख भवानी डोटेलको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा उपप्रमुख सहित नगर महिला बालबालिका शाखाकी प्रमुख प्रतिमा मिश्र, वडाध्यक्ष, वडासदस्यहरु, स्थानीय शान्तिधामका पदाधिकारीहरु सहभागी रहेका  थिए । न्यानो कपडा वितरण कार्यक्रम शान्तिधाम वृद्धवृद्धा नागरिक उद्यान समितिका अध्यक्ष कपुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो  ।

यस कार्यक्रमका लागि वडाले पाँच लाख विनियोजन गरेको थियो । त्यस रकमले न्यानो कपडा ३ सय ३३ जनालाई वितरण गरिएको तानपा वडा नं २ का अध्यक्ष रवीन्द्र केसीले जानकारी दिएका छन ।फोटो सौजन्य :तारकेश्वर अनलाइन

 

तपाइँको प्रतिक्रिया ।