उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा “मेरो क्षेत्र मेरो योगदान ,सक्रिय सहभागिता सहितको श्रमदान ” अभियान घोषणा

उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा “मेरो क्षेत्र मेरो योगदान ,सक्रिय सहभागिता सहितको श्रमदान ” अभियान घोषणा

कपन अनलाइन

काठमाडौं ,मंसिर २४।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रतिनिधि सभा सदस्यमा  निर्वाचित भएको काठमाडौं क्षेत्र नं ५ अन्तर्गत रहेको प्रदेस -२ मा “मेरो क्षेत्र मेरो योगदान ,सक्रिय सहभागिता सहितको श्रमदान ” अभियान घोषणा गरिएको छ।

 

काठमाडौं क्षेत्र नं ५ (२ ) बाट बागमती प्रदेसमा निर्वाचित प्रदेस सभा सभा सदस्य दिपक निरौलाको संयोजनमा भएको योजना तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो अभियानको घोषणा गरेका हुन्।

सो अभियानको घोषणा गर्दै उपप्रधानमन्त्री पोखरेलले कार्यक्रममा उपस्थित प्रदेस सभा सदस्य,नगर प्रमुख ,उपप्रमुख र वडाका जनप्रतिनिधिहरुलाई सधै समस्याको पोको मात्र बोकेर आउने गरेकोमा असन्तुस्टी ब्यक्त गर्दै अवका दिनमा विकास निर्माण र जनपक्षीय कार्यक्रमहरुको डोको बोकेर आउन निर्देशन दिएका थिए।

काठमाडौं क्षेत्र नं ५ (१ ) मा पनि चाडै योजनाहरुको सार्वजनिकीकरण कार्यक्रमको तयारी गर्न प्रदेस सभा सदस्य नारायण सिलवाललाई निर्देशन दिदै पोखरेलले सो क्षेत्रमा दिर्घकालिन पूर्वाधार निर्माणको योजना पेस गर्न जनप्रतिनिधिहरु समक्ष आग्रह गरेका थिए।

उक्त योजना सार्वजनिकीकरण कार्यक्रममा काठमाडौं क्षेत्र नं ३  बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेकपा काठमाडौं अध्यक्ष कृष्ण राई ,बागमती प्रदेस सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य नारायण सिलवाल , बागमती प्रदेस सभा सदस्य सिता लामा,बागमती प्रदेस सभा सदस्य भीमसेन खत्री ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी , बुढानिलकण्ठकी उपप्रमुख रमा राई ,टोखाकी उपप्रमुख ज्ञानमाया डंगोल,नेकपा काठमाडौं जिल्ला कमिटी सदस नारायण भाइ श्रेष्ठ ,धुर्व पाण्डे , जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ -३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ , नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,टोखाका अध्यक्ष दिपक बानिया ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,टोखाका सचिव सत्य नारायण डंगोल , टोखा नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत प्रदिप पौडेल,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत बैकुण्ठ सापकोटा सहित  उक्त निर्वाचन क्षेत्रका १२ वटा वडा बाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु  र नेकपा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

काठमाडौं क्षेत्र नं ५ मा रहेका काठमाडौं महानगरपालिका ,बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका १२ वटा वडामा संघीय सासंदको स्थानीय क्षेत्र पूर्वाधार कार्यक्रम र प्रदेस सभा सदस्यको प्रदेस पूर्वाधार विकास कोष अन्तर्गत आव २०७७/७८ मा संचालन हुने योजना तथा कार्यक्रमहरु सार्वजनिक गरिएको थियो।

सो अवसरमा काठमाडौं क्षेत्र नं ५ (२ ) मा संघीय सांसदका १२ र प्रदेस सभा सदस्यका १४ वटा योजनाहरु सार्वजनिक गरिएको जानकारी दिदै प्रदेस सभा सदस्य दिपक निरौलाले यी योजनाहरुमा क्षेत्र वासीहरुको प्रत्यक्ष र प्रभावकारी भूमिकाका लागि “मेरो क्षेत्र मेरो योगदान ,सक्रिय सहभागिता सहितको श्रमदान ” अभियान घोषणा गरिएको बताएका छन।

यस अभियानमा आफ्नो वडा र क्षेत्रमा संचालन हुने विकास निर्माण र अन्य योजनामा भौतिक ,आर्थिक ,प्राविधिक वा सामाजिक योगदान गर्नका लागि क्षेत्रवासीमा सार्वजनिक आव्हान गर्ने तयारी गरिएको बताउदै निरौलाले जनता र जनप्रतिनिधि जोड्ने पुलका रुपमा विकास योजना संचालन गर्ने जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।