नागार्जुन नगरपालिका-५ की कुँवरको मृत्यु भएपछि केएमसी अस्पतालमा तोडफोड

कपन अनलाइन

काठमाडौं ,मंसिर २३।

बिरामीको मृत्यु भएपछि आफन्तले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन्।

महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र भण्डारीका अनुसार एक महिलाको मृत्यु भएपछि आफन्तहरूले तोडफोड गरेका हुन्। भण्डारीका अनुसार करीब १०-११ वटा झ्यालका सिसा फुटेका छन।

तोडफोड गरेको आरोपमा प्रहरीले नौं जनालाई नियन्त्रणमा लिएको डिएसपी भण्डारीले जानकारी दिएका छन ।मंगलबार बिहान १ बजे नागार्जुन नगरपालिका-५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा मृत्यु भएको थियो।

तपाइँको प्रतिक्रिया ।